युक्रेनका पूर्व सभामुख परूबीयको गोली हानी हत्या


२०८२ भदौ १५ आइतबार ०७:४८ बजे

काठमाडौं । युक्रेनका पूर्व सभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको गोली हानी हत्या भएको छ । युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार मध्याह्न पूर्व सभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो ।

गोली प्रहार गरी हत्यारा फरार भएका थिए । परूबीयमाथि धेरै गोली प्रहार भएको थियो । गोली प्रहारबाट ५४ वर्षीया परूबीयको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । परुबीय युक्रेनी संसदका सक्रिय सदस्य थिए । उनी सन् २०१६ अप्रिलदेखि २०१९ अगस्टसम्म सभामुख थिए ।

सन् २०१४ को सुरुवातमा पूर्वी युक्रेनमा युद्ध सुरु हुँदा र रूसले क्राइमिया कब्जा गर्दा उनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद् (एनएसडिसी) का सचिव समेत थिए । उनी सन् १९९१ मा स्थापना भएको सोसल नेशनल पार्टीका सह–संस्थापक पनि थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले परूबीयको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले हत्याराको खोजी र छानबिनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । युक्रेनी अधिकारीहरूले हत्याराको पहिचान वा उद्देश्यबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरेका छैनन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७