यी प्रदेशमा दिउँसो र राति वर्षाको सम्भावना


२०८२ भदौ १६ सोमबार ०६:४४ बजे

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको विभागले जनाएको छ । जसको प्रभावले देशका केही स्थानमा आज (सोमबार) भारी वर्षाको सम्भावना छ। वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ‘काठमाडौंमा आज बदली हुनेछ । १२ बजेपछि हल्का वर्षाको सम्भावना छ’, मौसमविद् प्रतिभा मानन्धर भनिन्, ‘दिउँसो र राति नै काठमाडौं बदली भएर हल्का वर्षाको सम्भावना छ ।’ 

आज सुदूरपश्चिममा भने तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । ‘सुदूरपश्चिममा आज धेरै वर्षाको सम्भावना छ । हिजो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा मापन भएको छ’, मौसमविद् मानन्धरले भनिन् ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७