प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता {तस्वीरहरु}

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने शिलशिलामा आज अपराह्न चीन आइपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो ।
त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए । चीनमा रहँदा ओलीले चीनको सैन्य परेडमा समेत सहभागिता जनाउने छन् ।
तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा हुनेहरूमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना छन् ।
सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन् ।