अर्थमन्त्री पौडेल र चिनियाँ भन्सार उपमन्त्रीबीच रसुवाको क्षतिग्रस्त पुल र सडकबारे छलफल


२०८२ भदौ १२ बिहीबार १३:२६ बजे

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । सो भेटघाटमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन गर्नेबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।  

त्यसैगरी बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति गर्नेबारे पनि छलफल भएको छ। नेपाल र चीनबीचको व्यापार, विगतमा भएका सहमतिहरूको कार्यान्वयनलगायतका विषयमा छलफल भएको सचिवालयले उल्लेख गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७