रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


२०८२ भदौ ११ बुधबार २१:५५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् । सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

उनीविरुद्ध एक महिलाले उजुरी दिएकी थिइन् ।  महिलाले उजुरी दिएपछि साइबर ब्यूरोमा हाजिर भएका उनलाई पक्राउ गरिएको ब्यूरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए ।  ए

सपी अवस्थीका अनुसार आज अदालत लैजाने समय नभएकोले उनलाई ब्यूरोको हिरासतमा राखिएको छ । भोलि अदालत पेस गर्ने प्रहरीले जनाएको छ । २०७९ सालमा रास्वपा प्रवेश गरेका पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७