माओवादीलाई विश्वास नगरे देश बच्दैन : प्रचण्ड


२०८२ भदौ ११ बुधबार १७:०९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् ।
आज (बुधबार) काठमाडौंमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उनको भनाइ छ । उनले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गरे । उनले नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाएका छन् ।

वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको उनले बताए । प्रचण्डले भने, ‘मैले त खुलेआम भनेको छु, सदनमै भनेको छु । यो सरकार डरबाट बनेको हो ।’ उनले माओवादी अनुसारको पाठ्यक्रम, योजना र नीतिहरू बन्नुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७