झलनाथ लक्षित माधवको ‘झटारो’ : यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन

विद्रोही राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा समाहित


२०८२ भदौ ६ शुक्रबार १४:०१ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमै बसेर यो ‘पार्टीले गरिखाँदैन’ भन्ने मान्छेलाई ठाउँ नभएको टिप्पणी गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको भविष्य रहेको जिकिर गरेका छन् ।

उनले भने, ‘यो पार्टी सानो छ भनेर कुप्रचार कसैले पनि नगरुन् । ठूलो छ पनि भनिएको होइन । तर हामीले पार्टीलाई सशक्त बनाउनु पर्नेछ । ठूलो पार्टी बनाउनु पर्नेछ । जनताको विश्वास जितेर एउटा निर्णायक भूमिका खेल्ने स्थितिमा पुर्‍याउनु पर्छ भन्ने सोच राखेर अघि बढ्नु पर्नेछ । त्यसैले पार्टीलाई हामीले शक्तिशाली बनाउनु पर्छ, पार्टी शक्तिशाली छैन भने केही हुँदैन ।’

उनले पार्टीभित्रका मान्छेहरूले पार्टी अगाडि बढ्छ भनेर सकारात्मक बहस गर्नुपर्ने बताएका छन् । उनले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै भने, ‘पार्टीमा बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई यो पार्टीमा ठाउँ छैन । तिनीहरूलाई सम्मान गर्न सकिँदैन, त्यस्ता व्यक्तिहरू काम लाग्दैनन् । हामीले विश्वासको वातावरण बनाएर जनमत तयार पार्ने हो । विश्वास जगाउने हो । यहाँ बसेको मान्छेले पार्टीको पक्षमा जनमत तयार गर्ने हो । भ्रम चिरेर विश्वास जगाउने हो ।’ 

एकीकृत समाजवादीमा अध्यक्ष नेपाल र सम्मानीत नेता खनालबीचको ‘वाकयुद्ध’ केहि समययता थामिएको थियो । खनालले एक टेलिभिजनलाई दिएको अन्तरवार्ताबाट सुुरु भएको नेपाल–खनालबीचको विवाद उत्कर्षमा पुुग्नै लाग्दा पार्टीभित्रकै नेताहरुको मध्यस्थतामा थामिएको थियो ।

विद्रोही राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा समाहित
यसैबीच नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अभियानका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७