अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


२०८२ भदौ ७ शनिबार ०९:१३ बजे
तस्वीर : सडक डिभिजन भरतपुर चितवन

काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।

झण्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरोका कारण पटक–पटक समस्या हुने गरेको छ ।

हेटौँडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध
संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दूरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् ।पहिरोले कुलेखानी हेटौँडा र कान्ती लोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जानकारी दिएको छ । 

कान्ती लोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका–८ भर्लेडाँडामा शुक्रबार साँझ पहिरो खस्दा यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए । 

त्यस्तै त्रिभुवन राजपथमा पर्ने भिमफेदी गाउँपालिकाको बागझुरामा पनि बाढीपहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध दुवै सडकको पहिरो शनिबार बिहानबाट हटाउन सुरु गरिएको डीएसपी अर्यालको भनाई छ । 

पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु रातभर यात्रुहरु बीच बाटोमै रोकिएका छन् । बागझोरास्थित बाँदरभिरमा गए राति करिब १० बजेतिर पहिरो खसेपछि सयौँ सवारी साधन रातभर सो क्षेत्रमा रोकिएका छन् । सरकारले समयमै पहिरो पन्छाउने पहल नगरेको भन्दै यात्रीहरुले गुनासो व्यक्त गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७