पोखरामा मेयर आचार्य र बालेनको डिनर भेटवार्ता


२०८२ भदौ ४ बुधबार २०:२४ बजे

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच डिनर भेटवार्ता भएको छ । पोखराको लेकसाइडस्थित ‘त्रिसरा पोखरा’ रेस्टुरेन्टमा उनीहरुबीभ भेटवार्ता भएको हो । 

दुई मेयरको फोटो त्रिसराले आफ्नो फेसबुकमा सार्वजनिक गरेको छ । फेसबुकमा बालेन रेस्टुरेन्टमा आएका ग्राहकहरूसँगको फोटो तथा भिडियो पनि सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाका प्रमुख आचार्य आफूहरूबीच मंगलबार अनौपचारिक भेट भएको जनाएका छन् ।

‘हामीबीच अनौपचारिक भेट भएको हो । उहाँ पोखरा आउनु भएको बेलामा भेटर त्रिसरामा सँगै डिनर गरेका हौं,’ आचार्यले सुनाए । बालेनले सरकारको नीतिबारे गुनासो गरेको आचार्यले सुनाएका छन् । बालेन शनिबार पोखरा गएका थिए ।

उनी पोखरा जाँदै गर्दा आफै गाडी चलाएको र तनहुँको आँबुखैरेनीमा कृष्ण अष्टमीको जात्रामा निस्किएका स्थानीयले फूल दिएको, बालेनले गाडीबाटै हात हल्लाएको तस्बिर÷भिडिओ सार्वजनिक भएको थियो । यस्तै पोखराकै बेगनाश तालमा डुंगा चलाइरहेको तस्बिर पनि बालेन आफैले शेयर गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७