मैले राजनीति छोड्दा सबै गर्ल्याम–गुर्लुम्मै ढल्छ जस्तो लाग्छ : प्रचण्ड


२०८२ भदौ ४ बुधबार २०:१४ बजे
फाइल फोटो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको तर्क गरे ।

उनले देशको राजनीतिको खाँबो आफैले धानेको जस्तो लाग्ने गरेको बताए । आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किन्छ कि जस्तो हुने गरेको जिकिर गरे । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महसुस हुने जिकिर गरे । 

प्रचण्डले भने, ‘म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छ : देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ कि जस्तो लाग्छ।गर्ल्यामगुर्लुम्म ढलिहाल्छ कि जस्तो लाग्छ । जिम्मेवारीबोध भनेको यस्तो हुँदो रहेछ कि अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’ प्रचण्डले आफू साहित्यप्रति धेरै रुचि राख्ने व्यक्ति भएको बता ए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७