लोडसेडिङको हल्ला निरर्थक : मन्त्री खड्का


२०८२ श्रावण २८ बुधबार १७:३० बजे

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् ।

मुलुकका केही क्षेत्र बाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । उनले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तीव्रताका साथ अगडि बढाइरहेको समेत बताए । 
उनकाअनुसार हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ । सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उनको भनाइ छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७