मुसिकोट नगरपालिकाकी उपमेयर एमालेबाट निष्काशित


२०८२ श्रावण २४ शनिबार ०८:३१ बजे

गुल्मी । नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई पार्टीबाट निष्काशन गरेको छ।जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्काशन गरेको हो ।

जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् ।

एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । त्यसअघि उमाले मुसिकोट नगर कमिटीको बैठकले श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको थियो ।

तर सचेत गराउँदा पनि श्रेष्ठ गम्भीर नभउको भन्दै नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीका पदिधकारीहरुको बैठकले उनलाई कारबाही गरेको हो । निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम–कारबाही नगर्न चेतावनी दिइएको छ ।

श्रेष्ठले भने आफूलाई कारबाहीको पत्र प्राप्त भइनसकेको बताउँदै आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको बताएकी छन् । श्रेष्ठ २०७९ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख निर्वाचित भएकी हुन् । उनले पछिल्लो पटक मुसिकोट नगरपालिकामा बजेट निर्माणमा असहमति जनाएकी थिइन् । यहाँ मेयर पनि एमालेले नै जितेको छ । तर, उपमेयर श्रेष्ठ उनीसँग सहमत थिइनन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७