राहुल गान्धी पक्राउ


२०८२ श्रावण २६ सोमबार १४:५१ बजे

काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।

आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा पिक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए ।

गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरु सडकमा आएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आरोप लगाए । मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव, महुजा मोइत्रा, संजय राउतलगायत थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७