उपेन्द्र यादवसँग नारायणकाजी श्रेष्ठको भेटवार्ता, किन बढाउँदैछन् दौडधूप ?


२०८२ श्रावण २६ सोमबार ११:२८ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वय श्रेष्ठ र यादवको भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो ।

उक्त भेटवार्तामा अहिलेको देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । ‘संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सबैले आ–आफ्ना कमजोरीका निम्ति आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेबारे पनि भेटमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । हिजो मात्र श्रेष्ठले नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटेका थिए । श्रेष्ठ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका थिए ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको थियो । खनाल र श्रेष्ठ वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् । श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटलाई बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७