खुल्यो कोरियन भाषा परीक्षाको आवेदन 


२०८२ श्रावण २६ सोमबार १४:५६ बजे

काठमाडौं । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो । 

भाषा परीक्षामा ५,३०० उत्तीर्ण हुने आंकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३,५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १,८०० उत्तीर्ण गराउने तयारी छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । 

अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिकाबारे जानकारी गराउने शाखाले जनाएको छ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७