रास्वपाले रवि लामिछानेको ‘फोटो कट’ मा राखी बाँधेर रक्षाबन्धन मनाउने


२०८२ श्रावण २४ शनिबार ०७:४८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो ।

आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुनेछ । कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७