राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै


२०७९ फाल्गुण १ सोमबार ११:२७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्नका लागि बैठक बोलाइएको रास्वपाका नेताहरुले बताएका छन् ।

दिउँसो ३ बजे बस्ने बैठकमा संगठन विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ । बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ हुने उपनिर्वाचनको विषयमा पनि छलफल गर्नेछ ।
रास्वपाले उपनिर्वाचनमा सभापति रवि लामिछानेलाई उठाउन निर्णय गरिसकेको छ । आधिकारीक घोषणा हुन भने बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७