ऐनामा अनुहार हेर्न माधवलाई झलनाथको सुझाव

‘ बरु एमालेमै फर्किनु तपाईका लागि उपयुक्त हुन्छ’


२०८२ श्रावण २३ शुक्रबार २२:०३ बजे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै आफै ऐना हेर्न सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री खनालले नेपालको पछिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै उनलाई नेकपा एमालेमा फर्कन सुझाव दिएका हुन् ।

आज एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका थिए । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे । 

खनालले नेपालको भनाइको जवाफ दिँदै भने, ‘हामीले विद्रोह गरेर आएको पनि चार वर्ष भइसक्यो, महाधिवेशन भएको पनि १३ महिना पुगिसक्यो । तर अहिलेसम्म न वैज्ञानिक समाजवादको स्पष्ट कार्यक्रम आएको छ, न विद्रोह पुष्टि गर्ने ठोस प्रयासहरू नै देखिएका छन् ।’

खनालले नेपालकै अभिव्यक्तिहरू उद्धृत गर्दै थपे, ‘माधव कमरेड बारम्बार भन्नु हुन्छ, ‘बहुदलीय जनवाद त छोड्नै सकिँदैन, यो त सबैभन्दा राम्रो लोकतन्त्र हो । हामी एक दलीय जनवादतिर जान सक्दैनौं । यदि बहुदलीय जनवाद नै ठिक लाग्छ भने त्यसको मूल केन्द्र त नेकपा एमाले नै हो ।’

‘यदि बहुदलीय जनवाद नै तपाईको मूल मान्यता हो भने बरु कमरेड माधव आफै एमालेमै फर्किएको राम्रो हुने थिएन र ? मलाई एमाले जानुपर्छ भन्नुभन्दा, आफूले एक पटक ऐनामा अनुहार हेरेर एमाले फर्कन सोच्नु उपयुक्त हुने थियो,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७