विपिनको खोजी गर्न आमा र बहिनी इजरायल जाँदै


२०८२ श्रावण २३ शुक्रबार १७:०५ बजे

काठमाडौं । प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजीमा आमा र बहिनी सोमबार आफै इजरायल जाने भएका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई लैजान लागेको हो ।

विपिनका दाइ किशोरले सोमबारका लागि नेपालमा रहेको इजरायली दूतावासले उनीहरूका लागि टिकट नै काटिदिएको जनाएका छन् । इजरायल जान आमा र बहिनी कञ्चनपुरबाट काठमाडौं आएका छन् ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ । केही दिनपछि हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडियोमा देखिएपनि सोपछि विपिनको अवस्था अज्ञात छ । 

सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन् । युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो । त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए । हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । 

उनको रिहाइका लागि नेपाल सरकारसहित अन्तर्राष्ट्रिय संघसंस्थाले दबाब बनाए पनि अहिलेसम्म सम्भव देखिएको छैन । थप अन्तर्राष्ट्रिय दबाब दिन इजरायलले आमा र बहिनीलाई उतै लैजान लागेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७