नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबीच एक घण्टा भेटवार्ता


२०८२ श्रावण २३ शुक्रबार १७:४२ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच एक घण्टा लामो भेटवार्ता भएको छ।  शुक्रबार श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषय र पार्टी एकताका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।

यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बताएको छ । यसअघि हिजो उपाध्यक्ष श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच पनि भेटवार्ता भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७