रुपन्देही कारागारले भन्यो–रवि लामिछानेलाई विभेद गरिएको छैन


२०८२ श्रावण २३ शुक्रबार २१:३७ बजे
फाइल फोटो

काठमाडौं । रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको बताएको छ ।

कारागार प्रशासनले पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई राखिएको भन्दै प्रकाशित समाचारमा देखाइएको तस्वीर कारागारको नभएको स्पष्ट पारेको छ ।  सञ्चारमाध्यमहरूमा आए जस्तो कारागारको अवस्था पनि नरहेको जिकिर गरिएको छ ।

कारागार कार्यालयको विषयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै ‘समाचारमा प्रकाशित तस्वीर यस कारागार भित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भए जस्तो अवस्था नरहेको’ शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ ।  कारागार प्रशासनले समय समयमा उनलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधान समेत गर्ने गरेको बताएको छ । 

अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरिएको, उनले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

‘सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनु हुन र कार्यालयसँग आधिकारिक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध छ’ कारागार प्रशासनले भनेको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७