१० शाखा अधिकृतको सरुवा (सूचीसहित)


२०८२ श्रावण २३ शुक्रबार २०:०९ बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको शुक्रबारको निर्णय अनुसार १० शाखा अधिकृतको सरुवा गर्दै सात जनालाई भने विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

जसमा कुलराज पौडेललाई रघुगंगा गाउँपालिका म्याग्दी, चेतनारायण भण्डारीलाई जलजला गाउँपालिका पर्वत, राजीवकुमार झालाई बरियापट्टी गाउँपालिका सिरहा, लालवावु यादवलाई नरहा गाउँपालिका सिरहाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खटाइएको छ ।

यस्तै दिलकुमार लिम्बूलाई सन्दकपुर गाउँपालिका इलाम, रामप्रसाद शर्मालाई कैशाल गाउँपालिका मकवानपुर, एकनारायण भण्डारीलाई खनियावास गाउँपालिका धादिङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो । उनीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार कामकाजमा खटाइएको हो ।

नरहा गाउँपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डललाई जिल्ला समन्वय समितिको कार्यालय धनुषामा, कैशाल गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र खनियावास गाउँपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।

हेर्नुस् सरुवा सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७