नबिल बैंकलाई दुई उपाधि


२०८२ श्रावण २३ शुक्रबार १७:२८ बजे

काठमाडौँ । नबिल बैंकले ‘एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस–२०२५’ मा दुई प्रतिष्ठित उपाधि जितेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ अवार्ड जितेको हो ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाहरूप्रतिको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त भएका हुन् । नबिल बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका लागि ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड’ प्राप्त गरेको हो ।

यस्तै देशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेकोले बैंकलाई ’नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ को उपाधि दिइएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी अवार्डहरू सम्पूर्ण टिमको परिश्रम र नव प्रवर्तनप्रतिको समर्पणको परिणाम भएको बताएका छन् ।  उनले ग्राहक, साझेदार र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा पनि सुरक्षित र स्मार्ट बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७