कुलमानले अमेरिकाबाट औंल्याई दिए विद्युत आपूर्ति समस्या समाधानका उपाय


२०८२ श्रावण १९ सोमबार १४:०० बजे
फाइल फोटो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथि व्यवस्थापकीय क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका कुलमानले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा हितेन्द्रदेव व्यवस्थापन गर्न असफल हुँदा देशभर नै विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । उनले हितेन्द्रदेवमाथि सही व्यक्तिलाई उचित जिम्मेवारी नदिएर समस्या निम्त्याएको आरोप लगाए ।

‘राम्रो काम गरिरहेकालाई नयाँ व्यवस्थापन आएपछि कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो । देशभरको विद्युत प्रणाली सञ्चालन गर्ने भार प्रेषण जस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो । अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानु पर्ने अवस्था आयो । अहिले देखिएको विद्युत आपूर्तिको समस्या व्यवस्थापन गर्न नसकेर निम्तिएको हो । व्यवस्थापन पूर्णरुपमा असफल देखिएको छ,’ कुलमानाई उद्यृत गर्दै उनको सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ ।

उनले एशियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको लगानी जुटाउनु पूर्वका काम अन्तिम चरणमा पुगिरहेको अवस्थामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्योलमा पारेको आरोप लगाए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७