अमेरिका त शानदार होला भन्ने भावना निराशावादी विचार : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिका त शानदार होला भन्ने भावना निराशावादी विचार भएको टिप्पणी गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘कसै–कसैको मनमा के कुरा भएको पाइन्छ भने युरोप भनेको त शानदार होला, अमेरिका त शानदार होला, हामी त केही पनि गर्न नसक्ने हो कि भन्ने भावना कसै कसैमा छ । त्यो निराशावादी विचार हो । त्यो होइन,’ नेपालले भने ।
उनले संसारभरका देशहरूले नेपाललाई सम्मान गर्ने गरेको सुनाए । तेन्जिङ शेर्पाको नाम लिँदै अध्यक्ष नेपालले भने, ‘संसारको सबैभन्दा उच्च चुचुरोमा पुग्ने पहिलो नेपाली तेन्जिङ शेर्पा, नेपाली उत्रिए। नेपाली इतिहास, कीर्तिमान कायम गरे । त्यो कीर्तिमानी व्यक्तिको सम्मानमा दुई वर्ष पहिले न्युजिल्याण्डका त्यहाँका एड्मन हिलारीसँग जोडिएका संस्थाका व्यक्तिहरूले मलाई बोलाएका थिए ।’