सबैखाले गुटबन्दी अन्त्य गर्ने सामुहिक संकल्प गर्‍यौं, पार्टी एकताबद्ध भएको छ : प्रचण्ड


२०८२ श्रावण १९ सोमबार १५:२३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताबद्ध भएको दावी गरेका छन् । सोमबार स्थायी समतिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘पार्टी एकताबद्ध भएको छ । सामुहिक प्रतिबद्धता गरेका छौँ ।’

प्रचण्डले जनताकोमा बीचमा जाने समेत घोषणा गरेका छन् । उनले माओवादीलाई एकतावद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए । प्रचण्डले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामुहिक प्रतिवद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामुहिक रूपमा गरेका छौं ।’ फेरि एकचोटि जनतामा गएर देशमा देखापरेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७