प्रचण्ड राजनेताका रुपमा देखिनुभएको छ, यो बेला विरुद्धमा उफ्रनु ठीक हुँदैन : देव गुरुङ


२०८२ श्रावण १९ सोमबार १४:५१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनेताका रुपमा देखिएका बेलामा नेतृत्वविरुद्ध बोल्नु ठीक नभएको बताएका छन् । 

आज (सोमबार) माओवादी केन्द्रको स्थायी समिति बैठकमा धारणा राख्दै उनले भने, ‘अध्यक्षको नेतृत्व सर्वमान्य रहेको, राजनेताको रुपमा स्थापित भएको देखिँदा यो हाम्रो लागि सुनौलो अवसर हो । यस्तो बेलामा लिडरसीपको बारेमा बोलेर उफ्रनु ठीक हुँदैन ।’

नेतृत्वमाथिको प्रश्न भनेको विचारको सवाल भएको भन्दै उनले उत्तराधिकारी बनाउने तोकेर नहुने समेत बताएका छन् । ‘लिडरसीपमाथिको प्रश्न भनेको विचार र कन्टेन्टको सवाल हो,’ गुरुङले भने, ‘उत्तराधिकारी बनाएर बन्ने विषय होइन । तोकेर हुने कुरा होइन । आन्दोलनका क्रममा हुने कुरा हो ।’

अध्यक्षमा नै केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले थपे, ‘सोपान क्रम त हुन्छ, सामान्यरुपमा पदाधिकारी नै सोपान क्रम हो । अध्यक्षमा केन्द्रीयताको कुरा हो ।’ ‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनु भएको थिएन,’ बैठकमा गुरूङले राखेको धारणा उधृत गर्दै स्रोतले सुनायो, ‘अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’ उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७