बागमतीमा नयाँ सरकार गठनका लागि दावी पेस गर्न २४ घण्टाको समय


२०८२ श्रावण १९ सोमबार १५:०१ बजे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढेको छ । सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि साउन २० गते मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न भनिएको छ । 

११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेसका बहादुर सिंहले राजीनामा दिएपछि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व कांग्रेसबाटै संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गर्नेछन । १४ साउनमा भएको संसदीय दलको निर्वाचनमा बहादुरलाई हराएर बानियाँ दलको नेता चयन भएका थिए । ९ साउनमा आफ्नै सांसदले हालेको अविश्वासको प्रस्तावको मतविभाजमा पनि अल्पमतमा पर्दै बहादुरले दल नेताको हैसियत गुमाएका थिए ।

उनी निकट सांसद मिनकृष्ण महर्जनकाअनुसार बानियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्ने जानकारी दिए । बागमतीमा एकवर्षअघि अर्थात ९ साउन २०८१ मा सरकार गठन हुँदा एमाले र कांग्रेसबीच सरकारको नेतृत्व २०–२० महिना गर्ने सहमति थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७