माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिएर आजै सकिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो । शुक्रबारदेखि जारी बैठक आजै सक्ने तयारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले आफ्नो धारण राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका छन् । तर, उपहासचिव जनार्दन शर्माले नेतृत्व कमजोरीका हिसाबले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले नेता शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए । पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै प्रचण्डले अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए ।