पूर्व उपराष्ट्रपति पुनमाथि खनिए ‘सुदर्शन सी’

‘तपाईले जस्तो प्रचण्डको गुलामी गरेको भए विप्लव दर्जन पटक मन्त्री बन्न सक्थे’


२०८२ श्रावण १९ सोमबार ११:२३ बजे

काठमाडौँ । नेकपा माओवादीको जारी स्थायी कमिटी वैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपाका नेता सुदर्शन सी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ विरुद्ध खनिएका छन् । माओवादी स्थायी कमिटी बैठकमा बोल्ने क्रममा आइतबार पुनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ को आलोचना गरेपछि सुदर्शनले पासाङको कडा आलोचना गरेका हुन् । 

पासाङको अभिव्यक्तिको विरोध गर्दै उनले भनेका छन्, ‘तपाईंले विप्लव र जनार्दन शर्मालाई एउटै डालोमा हेर्नु भएर नै ठूलो भूल गर्नु भएको छ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंले सधैं प्रचण्डको गुलामी गरेर उपराष्ट्रपति पाउनु भयो । अहिले तपाईंको प्रचण्डप्रतिको निष्ठा अब अर्को पटक राष्ट्रपति भइला भन्ने देखिन्छ ।’

उनले पासाङ उपराष्ट्रपति भएर आफ्नै गाउँमा एउटा बाटो समेत बनाउन नसकेको आरोप लगाएका छन् ।  तर काठमाडौंको दहचोकमा दशौं करोड बराबरको भव्य महल बनाएको उनको आरोप छ ।  उनले भनेका छन्, ‘विप्लव कमरेडले तपाईंले जस्तो प्रचण्डको गुलामी गरेको भए दर्जन पटक मन्त्री बन्न सक्थे, काठमाडौंमा महल जोड्न सक्थे । तर उहाँले आदर्श र सिद्धान्तमा सम्झौता गर्नु भएन ।’

पार्टीभित्रको गुटीय विवादका बीच विप्लवमाथि पासाङले लगाएको आरोपलाई उनले ‘घटिया विश्लेषण’ भन्दै खारेजयोग्य रहेको बताएका छन् ।  उनले थप लेखे छन्, ‘विप्लव कमरेडले जनयुद्धको आदर्श बिर्सेर संसदीय फोहरी राजनीतिमा फस्ने काम गर्नु भएको छैन । त्यसैले यस्तो इमानदार र क्रान्तिकारी नेतामाथि लगाइएका आरोप अस्वीकार्य छन् ।’

पासाङले आइतबारको बैठकमा  पासाङले  उपमहासचिव जनार्दन शर्माप्रति टिप्पणी गर्दै ‘जनयुद्ध’ को समयको प्रभाकर अहिले नदेखिएको बताएका थिए । यस्तै उनले माओवादीमा पहिलेदेखि नै अतिवादी प्रवृत्ति समस्याको रूपमा रहेको बताउँदै भनेका थिए, ‘हिजो त्यो प्रवृत्ति विप्लवमा थियो । अहिले हाम्रो पार्टीमा पनि देखिएको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७