रास्वपाकाे प्रश्न : मन्त्रीको राजीनामा भ्रष्टाचार अपराधबाट मुक्ति पाउने गंगास्नान हो ?


२०८२ श्रावण १९ सोमबार १३:४८ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम साहले भ्रष्टाचार आरोप लागेका मन्त्रीहरूले राजीनामा दिने बित्तिकै छानिबन गर्न नपर्ने हो भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यो कस्तो नयाँ परम्परा हो । भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो । राजीनामा भनेको भ्रष्टाचार को अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ । तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदृष्य शक्तिको संरक्षण दिएको छ । के उहाँको लागि अर्कै कानुन छ । छानबिन गर्नु पर्दैन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७