हलेसी दर्शन गरेर फर्किदै गरेको गाडी भीरबाट खस्यो


२०८२ श्रावण १९ सोमबार १०:५२ बजे

काठमाडौं । खोटाङको हलेसीबाट फर्किदै गरेको गाडी आज बिहान जयरामघाटमा भीरबाट खसेको छ । सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १८ जना तीर्थालु  सवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार  गाडी भीरबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पुर्‍याएको छ ।

घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको राईको भनाइ छ । एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७