माओवादी स्थायी कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने


२०८२ श्रावण १९ सोमबार १०:४२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज समापन हुँदैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा कमिटीका सदस्यहरुले राखेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिँदै बैठक समापन हुने पार्टी सचिवालयले जानकारी दिएको हो ।

अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्की लगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् । विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७