सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?


२०८२ श्रावण १८ आइतबार ११:०३ बजे

काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । बजारमा सुनको मूल्य एकै दिन ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३ हजार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको । चाँदी गत शुक्रबार २ हजार २३५रुपैयाँमा खरिदबिक्री भएको  थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७