केन्द्रीय सदस्य बस्यालले त्यागिन् राप्रपा 


२०८२ श्रावण १७ शनिबार १०:२६ बजे

नवलपरासी । राप्रपाकी केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

गैंडाकोटकी स्थायी वासिन्दा बस्याल पार्टी स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर सक्रिय राजतन्त्र र हिन्दू धर्मका पक्षमा काम गर्दै आएकी थिइन् ।

आफनो सामाजिक सञ्जालमा पार्टी अध्यक्ष राजेन्द्र लिंदेललाई सम्बोधन गरेर लेखेको स्टाटसमा साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेको घोषणा गरेकी हुन् । नेतृ बस्याल पूर्वी नवलपरासीमा राप्रपाबाट संसदीय निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइन् । 

केहि दिनअघि मात्र राप्रपा केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका थिए। लामो समयदेखि राप्रपामा आबद्ध र महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य कार्कीले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै अब स्वतन्त्र नागरिकको भूमिकामा रहने बताएका थिए ।

उनले राप्रपाले संस्थागतरुपमा लिन नसकेको, अध्यक्षले अभिभावकीय भूमिका निर्वाह नगरेको तथा गुटहरुमा विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको जस्ता आरोप लगाएका थिए । अनेक प्रयत्न गर्दा पनि पार्टीलाई सही दिशामा फर्काउन नसकेको उनको दाबी थियो ।

राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेका कार्की यसअघि मधेश प्रदेश संयोजक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, केन्द्रीय अनुशासन समितिको सदस्य सचिवलगायतका जिम्मेवारीमा थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७