रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश


२०८२ श्रावण १७ शनिबार ०७:१८ बजे

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् ।

ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काउ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ । मलाई आशा छ, यो त्यस्तो घटना हुने छैन । जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ । हामी पूर्ण रूपमा तयार छौँ ।’

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तयारी’को प्रयास भएको बताएका छन् । रुसका पूर्व राष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित गर्‍यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७