एमाले फुटाएकोमा पश्चाताप गरेको भोलिपल्ट ओलीसँग झलनाथको ‘हस्तमिलन’


२०८२ श्रावण १७ शनिबार ०७:०४ बजे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेट भएको छ । 

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा होटल याक एण्ड यतीमा भेटका क्रममा कम्युनिष्ट आन्दोलनका दुई सहयात्रीहरूले हात मिलाएको तस्वीर प्रधानमन्त्री सचिवालयले सार्वजनिक गरेको छ । 

समारोमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायतका विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति थियो । प्रधानमन्त्रीले अघिल्लो लहरमा रहेका सबै नेताहरूसँग हात मिलाउँदै जाँदा झलनाथ खनालसँग पनि हात मिलाएका हुन् । 

शुक्रबार मात्रै खनालले दिएको एउटा टेलिभिजन अन्तर्वार्ता अहिले चर्चित छ । इमेज च्यानलका लागि दिएको अन्तर्वार्तामा खनालले एमालेबाट विद्रोह गरेर नेकपा एस बनाउनु गल्ती भएको बताएका थिए ।

उनले एमालेबाट अलग्गिएर अर्को दल बनाएको कुराको पुष्टि गर्न नसकिएको बताएका थिए । यो भनाइसँगै अध्यक्ष माधवकुमार नेपालसँग उनको दूरी झनै बढेको छ । नेपालले एकलौटी ढंगले पार्टी चलाएको आरोप खनालले लगाएका छन् ।

उनै नेपालले शनिबार विराटनगर पुगेर खनाललाई जवाफ दिँदै भनेका थिए, ‘पार्टीबाट खुरुक्क राजीनामा दिएर गए हुन्छ।’ दिउँसै खनालले नेपालको जवाफ दिइसकेका छन् । उनले माधव नेपाल तानाशाह बनेको टिप्पणी गरिसकेका छन् । याक एण्ड यतीको कार्यक्रममा अन्य पूर्व प्रधानमन्त्रीहरु देखिए पनि माधव नेपाल भने देखा परेनन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७