राप्रपा केन्द्रीय सदस्य कार्कीले त्यागे पार्टी 


२०८२ श्रावण १५ बिहीबार १६:०२ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य कार्कीले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै अब स्वतन्त्र नागरिकको भूमिकामा रहने घोषणा गरेका छन् ।

उनले राप्रपाले संस्थागत रुप लिन नसकेको, अध्यक्षले अभिभावकीय भूमिका निर्वाह नगरेको तथा गुटहरुमा विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको जस्ता आरोप लगाएका छन् । अनेक प्रयत्न गर्दा पनि पार्टीलाई सही दिशामा फर्काउन नसकेको उनले उल्लेख गरेका छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेका कार्की यसअघि मधेश प्रदेश संयोजक,उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, केन्द्रीय अनुशासन समितिको सदस्य सचिवलगायतका जिम्मेवारीमा थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७