प्रधानमन्त्री ओलीले गरे चाउ संग्रहालय अवलोकन


२०८२ भदौ १५ आइतबार ११:०८ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकन गरेका छन् ।  पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त संग्रहालय अवलोकन गरेका हुन् ।

चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् । त्यसअघि ओलीले चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार चीन प्रस्थान गरेका थिए । भ्रमणको पहिलो दिन उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै नेपाली भूमि लिपुलेक मार्गमा चीन र भारतले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७