रास्वपाले आज रुपन्देही–३ को उम्मेदवार घोषणा गर्दै 


२०८२ भदौ १५ आइतबार ०८:०२ बजे

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका निम्ति आज (आइतबार) उम्मेदवार घोषणा गर्ने भएको छ ।

आज काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे पार्टी सचिवालय बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकपश्चात् उम्मेदवार घोषणा गरिने उनले जानकारी दिएका छन् । ‘बैठकपश्चात पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुनेछ’, उनले भने ।

सचिवालय बैठकमा रुपन्देही–३ मा उम्मेदवार छनोट मूल्यांकनबारे छलफल गरिनेछ । प्रवास विशेष अभियान सञ्चालनबारे र विविध विषयमा छलफल गरिने प्रस्तावित एजेण्डा छ । रुपन्देही–३ मा रास्वपाबाट उम्मेदवारका निम्ति नौं जना प्रतिस्पर्धामा छन् । उनीहरूमध्येबाट एक उम्मेदवार तय गरिनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७