प्रधानमन्त्री ओलीले गरे चीनमा धान उत्पादन विशेष क्षेत्रको अवलोकन {तस्वीरहरू}

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । उनलाई उक्त क्षेत्रबारे त्यहाँका अधिकारीहरूले जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली शनिबार दिउँसो उत्तरी चीनको सहर तियानजिन पुगेका हुन् । शनिबारै तियानजिन अतिथिगृहमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको थियो ।
राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भोलि (सोमबार) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’ मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।
हेर्नुस् तस्वीरहरु