गढीमाइ दर्शनपछि पूर्व राष्ट्रपति भण्डारी एमाले–नेता–कार्यकर्तासँग भेटघाटमा


२०८२ भदौ १५ आइतबार ११:४१ बजे

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शनिबारदेखि मधेस प्रदेशको भ्रमणमा छिन् । शनिबार बिहान पर्साको वीरगञ्ज पुगेकी उनले एमाले–नेता कार्यकर्तासँग भेटघाट पनि गरिरहेकी छन् । 

एमालेको राजनीतिमा पुनः सक्रिय भएकी भण्डारीले आज (आइतबार) बारामा एमाले नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले निकट विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिएका छन् । आजै पूर्व राष्ट्रपति भण्डारीले बारास्थित गढीमाई मन्दिर दर्शन गरेकी छन् ।

त्यस क्रममा उनलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवसहित स्थानीयले स्वागत गरेका थिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता खारेज गरेता पनि भण्डारी राजनीतिबाट पछि हटेकी छैनन् । 

शनिबार काठमाडौँबाट हवाईमार्गमार्फत वीरगञ्ज जाने क्रममा पूर्व राष्ट्रपति भण्डारीलाई बाराको सिमरास्थित विमानस्थलमा एमाले नेता–कार्यकर्ताहरूले ५१ किलोको मालाले भव्य स्वागत गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७