मुटुरोगी मौसमलाई आर्थिक सहयोग

काठमाडौं । मुटुसम्बन्धी रोगको उपचार गराईरहेका भोजपुर नगरपालिका–११ आम्तेकका मौसम राईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । लामो समयदेखि काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुरोगको उपचार गराईरहेका राईलाई सहयोगीहरुबाट संकलित चार लाख ७४ हजार रकम उपलब्ध गराइएको हो ।
२६ वर्षीय मौसम राईको उपचारका लागि बेलायतमा र दक्षिण कोरियामा रहेका आफन्त–साथीभाइबाट संकलित रकम केदर राईले विरामीका दाजु मिथुन राईलाई हस्तान्तरण गरेका छन । मौसम राईलाई बचाउन मलेसियाबाट गंगा राई, कोरियाबाट भबिन्द्र राई र नेपालबाट केदार राईले आर्थिक संकलन अभियान चलाएका थिए ।