पूर्व भूमि व्यवस्थामन्त्री श्रेष्ठ बयान दिन अख्तियारमा

निवर्तमान मन्त्री गुप्ता र लामाको ‘भ्वाइस टेस्ट’


२०८२ श्रावण ७ बुधबार १३:१८ बजे
फाइल फोटो

काठमाडौं । घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा पुगेकी छिन् । अख्तियार स्रोतका अनुसार श्रेष्ठ आज बिहान अख्तियार हाजिर भएकी हुन् । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनी समेत संलग्न रहेको देखिएपछि अख्तियारले बयानका लागि बोलाएको हो ।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो । ‘त्यही सिलसिलामा हेर्दा तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठले उनीसँग समेत रकम मागेको भेटियो’ अख्तियार स्रोत भन्छ, ‘उनी मात्रै होइन, उनको निजी सुरक्षा अधिकृत (पीएसओ) को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो ।’ 

यही प्रकरणमा राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मंगलबार अख्तियारले भ्वाइस टेस्ट गरेको छ भने बिचौलिया सुजन लामाले पनि बयान र भ्वाइस टेस्ट दिइसकेका छन् । अख्तियारले श्रेष्ठसँग सार्वजनिक भएको अडियोमा भ्वाइस टेस्ट र अरु आवश्यक सोधपुछ गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७