खुमलटारमा प्रचण्डसँग शेखरको दुई घण्टा भेटवार्ता

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगेका हुन् ।
उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् । ‘अहिलेका पछिल्ला सबै घटनाक्रमबारे विस्तृत कुराकानी भएको छ,’ स्रोतले सुनायो, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डबारे कुरा हुने नै भयो ।’