‘घुस डिल’ गर्ने मन्त्री गुप्ताबारे मन्त्रिपरिषदमा कुरै उठेन


२०८२ असार ३० सोमबार २१:३४ बजे

काठमाडौं । ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे छलफल नै नगरी सोमबारको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

‘मन्त्रिपरिषद् बैठक बस्यो तर उहाँबारे कसैले कुरा उठाउनु भएन, एजेण्डा नभएपछि छलफल हुने कुरा भएन’, एक मन्त्रीले सुनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए । उनलाई राजीनामा गराउने तयारी पनि भएको थियो । तर, साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भए पनि उनीमाथि छलफल नभएको ती मन्त्रीले बताए ।

मन्त्रीको घुस अडियो बाहिरिएपछि आज प्रतिनिधिसभाको वैठकमा विपक्षी दलहरुले मन्त्री गुप्तालाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले घुसकाण्डमा तानिएका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए । यता सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले पनि घुसकाण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७