रोहित पौडेलको शतकमा नेपालले दक्षिण अष्ट्रेलियालाई हरायो

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियालाई दुई विकेटले पराजित गरेको छ ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको शतकीय पारी महत्वपूर्ण रह्यो । रोहितले सोमपाल कामीसँग मिलेर महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् ।
दुई ब्याट्सम्यानले ८३ रनको साझेदारी गर्दा रोहितले १०२ बलमा १०१ रन र सोपालले ३० बलमा ३८ रनको अविजीत रहे । दक्षिण अष्ट्रेलियालाई पराजित गर्ने क्रममा नेपालले ४४.१ ओभरमा २४४ रन बनाएको हो । ४४ ओभरको पहिलो बलमा सोमपालले चौका हान्द विजय दिलाएका थिए ।
टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको थियो ।
साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए ।