मधेश अर्थ मन्त्रालय र सांसदलाई बाँडिएको बजेटको रेडबुक फरक, विपक्षीद्वारा सदन बहिष्कार


२०८२ असार ३० सोमबार ११:४४ बजे

जनकपुरधाम । मधेश प्रदेशले ल्याएको आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेटको रेडबुकको २९४ पाना लुकाएको भन्दै सत्तापक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसदले सरकारमाथि आक्रोश पोखेका छन् । मधेश प्रदेश सभा सदस्यहरुलाई बाँडिएको बजेट पुस्तिका र अर्थ मन्त्रालयको बजेट पुस्तिकाको विवरण फरक–फरक देखिएपछि बजेटमा ठूलो गडबडीको आशंका गरिएको छ ।

अर्थ मन्त्रालयको बजेट पुस्तिका र सांसदहरुलाई वितरण गरिएको बजेट पुस्तिकामा २९४ पेजको अन्तर देखिएको सांसदहरुले बताएका छन् । मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेका थिए । असार ११ गते सांसदहरुलाई बजेटको रेडबुक (रातो किताब) बाँडिएको थियो । सांसदहरुलाई बाँडिएको रेडबुक ४६१ पेजको थियो ।
विनियोजन विधेयक २०८२ को छलफलमा भाग लिँदै उनले नदेखेको र नपढेको योजना कसरी पास गर्ने भन्ने सरकारसँग प्रश्न गरे ।

‘हामीलाई दिएको रेडबुकमा ४६१ पाना छ । २९४ पाना त हामीलाई दिएकै छैन,’ उनले प्रश्न गरे, ‘हामीले पढ्दै नपढेको, देख्दै नदेखेको योजनाहरू पास गर्ने हो ? हामीलाई तपाईहरू सरकारले गुलाम बनाउन खोज्नु भएको छ ?’ उनले सरकारले सत्ताको बलमा र आफूहरू समर्थन दिएको बलमा सबै माननीयलाई गुलाम बनाउन खोजेकोमा आपत्ति जनाए । उनले लुकाएको रेड बुकको २९४ पाना देखाउनुपर्ने माग गरे । ‘सरकारले आज रेकर्ड बनाउँदै छ । आज इतिहास बन्छ’, उनले भने, ‘कुकर्मी वा सुकर्मीको इतिहास बन्छ तपाईहरूको । इतिहासले माफ गर्दैन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७