गृहमन्त्री, संघीय मामिला र भूमिमन्त्रीलाई तत्काल कारबाही गर्न रास्वपाको माग

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


२०८२ असार ३० सोमबार १४:११ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमिमन्त्रीलाई तत्काल कारबाही गर्न माग गरेको छ । आज (सोमबार) प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाए।

उनले प्रश्न उठेका मन्त्रीहरूलाई तत्काल कारबाही गरिनु पर्ने माग गरेका छन् । ‘गृहमन्त्री रमेश लेखक, भूमि सुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस्,’ उनले भने । भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसद्को कामकारबाहीमा भाग लिएको छैन । पछिल्लो समय मन्त्री गुप्ताको घुस डिल गरेको भन्दै उनको स्वरसँग मिल्दो अडियो सार्वजनिक भएको छ । त्यसपछि रास्वपाले गृहमन्त्री लेखकसँगै अन्य मन्त्रीमाथि पनि प्रश्न उठाएर कारबाहीको माग राखेको हो ।

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिष्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई धारणा राख्न समय दिए ।

आफ्नो धारणा राख्दै रास्वपा सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुसार छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध जारी राख्ने बताए । लगत्तै सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई धारण राख्ने समय दिएका थिए । राप्रपाका अध्यक्ष लिङदेनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग अनुसार समिति गठन नभएसम्म आफूहरूको विरोध जारी रहने बताए । दुवै दलका तर्फबाट आफ्नो धारणा राखिसकेपछि दुवै पार्टीका सांसद संसद बैठकबाट बाहिरिएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७