संसदमा राप्रपाको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?

‘जबरजस्ती संसद चलाउने प्रयास संसदीय इतिहासमा कालो समय’


२०८२ असार ३० सोमबार १३:५८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएको विषयमाथि गलत व्याख्या नगर्न आग्रह गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद लिङ्देनले कुनै व्यक्ति विशेषको नभइ भिजिट भिसाको आवरणमा भएको मानव तस्करी र ठगी प्रवृत्तिको विरोध गरिएको बताए ।

उनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोगको खोजी समेत गरेका छन् । लिङ्देनले सरकारका मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको अवस्थामा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग कहाँ छ ? भन्दै प्रश्न गरेका छन् । नैतिकता र सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा माग्ने वा बर्खास्त गर्नुपर्ने उनले बताए । उनले ‘चिल आयो चिल आयो’ भन्ने अनि तल चल्ला टिप्ने र जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर ठूला पार्टी मिलेर देश लुट्ने काम कदापी स्वीकार्य नहुने बताए ।

त्यस्तै अध्यक्ष लिङदेनले संसदमा दुई पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय भएको जिकिर गरे । विरोधकाबीच सदन चलाउने प्रयास केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र नभइ सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहने उनले बताए । उनले प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास सभामुखले गर्नुपर्नेमा जोड दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७